सहकारी द्वारा लाखौँका लागि रोजगारी प्रदान


नेपालमा सहकारीको अवधारणाको विकास भएयता केही कमी कमजोरीका बाबजुद सहकारी व्यवसायले लाखौँ मानिसका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ ।

प्रथम पञ्चवर्षीय योजना २०१३–२०१८ मा चार हजार सहकारी दर्ता गर्ने लक्ष्य राखी शुरु भएको यो कार्यक्रमबाट हालसम्म करिब ६० हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् ।

विसं २०१३ मा शुरु भएको नेपालको सहकारी क्षेत्रमा महानगरपालिका तथा उपमहानगरपालिकामा १०० जनाभन्दा बढी तथा अन्यत्रका स्थानीयतहमा ३० जना मानिस मिलेर सहकारी दर्ता गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।

रासससँग कुरा गर्दै सहकारी विभागका उपरजिष्ट्रार नारायणप्रसाद अर्यालले असार १२ सम्म देशभरि करिब ३४ हजार ५१२ सहकारी संस्था छरिएर रहेका तथा ती संस्थामा करिब ६३ लाख सदस्य रहेको तथा करिब रु तीन खर्ब बचत रहेको जानकारी दिनुभयो ।

त्यस्तै, शेयर पूँजी करिब रु ७३ अर्ब तथा यस क्षेत्रमा २७ अर्बको ऋण प्रवाह रहेको सो विभागको भनाइ छ ।

एक प्रश्नको जवाफमा उपरजिष्ट्रारले भन्नुभयो– “नेपालमा सहकारी क्षेत्रमा विशेष गरी बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय, कृषि, दुग्ध, उपभोक्ता, विद्युत्, तरकारी तथा फलफूल, चिया, मौरीपालन गरी कुल १५ भन्दा बढी क्षेत्रमा सहकारीमार्फत व्यवसाय सञ्चालन भइरहेको छ । ”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार