दुई रुखको जरामा बेवारिसे शव भेटियो


कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ ।

दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको शव ९-१० दिन अगाडिको हुन सक्ने प्रहरीले बतायो ।

शवको सनाखत हुन सकेको छैन । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ ।

शव परीक्षणपछि मृत्युको कारण खुल्ने भएकाले त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइने प्रहरीले बताएको छ ।

रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार