मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका-८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

कोशी राजमार्गअन्तर्गत धरान-८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुचोक आउँदै गरेको को १ ख ६२७१ नम्बरको टिपरले सोही दिशाबाट आइरहेको को १८ प ३९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मगरको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।

मृतक मगरको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ भने टिपर चालक इलाका प्रहरी कार्यालय, धरानको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार