सुतिरहेको अवस्थामा मृत फेला


रत्ननगर । चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा गएराति सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् ।

गएराति ८ बजे लक्ष्मण महतोका ३३ वर्षीया छोरा किरण महतो आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खाटमा सुतिरहेका उनलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरिएको परिवारको भनाइ उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ । राति घटना भएकाले रातभर प्रहरी घटनास्थलमै बसेको र अहिले बिहान मुचुल्का उठाउन टोली पठाइएको छ । उनको घाँटीमा डामजस्तो देखिएको जनाइएको छ । मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार