चितुवाको छालासहित तीन जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीनै जना बैतडीका युवा रहेका छन् । प्रहरीले बैतडी रुडीदेउलाका २५ बर्षिय महेशराम औजी, दशरथ नगरपालिकाका ३४ बर्षका जनक महरा र मेलौलीका बर्ष २५ का सुरेन्द्र दयाललाई न्युरोडबाट माघ ४ मा पक्राउ गरेको हो ।

तीनै जनालाई आवाश्यक कारवाहीका लागि शुक्रबार जिल्ला बन कार्यालय पठाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार