बाग्लुङ । गलकोटको हटियामा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ध १ ज ५१७ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।
हटिया बजारदेखि गलकोट नगरपालिका वाड नम्बर ४ खरुवा जाँदै गरेको ट्याक्सी बतासेडाडाँ भन्ने ठाउमा दुर्घटना हुदाँ चालक सहित ६ जना यात्रु घाईते भएका छन ।
चालक बाहेक अन्यलाई पोखरा रिफर गरिएको आरोग्य अस्पतालले जनाएको छ ।
घाइते हुनेमा हटियाका ५८ बर्षका ईश्वर गौतम, उनका ज्वाई बरेङ गाउपालिकाका ३७ बर्षका मिलन पौडेल, ११ बर्षका बिजय पौडेल, ७ बर्षका सुगम पौडेल र २९ बर्षकी भगवती पौडेल रहेका छन् ।