इन्द्र बानियाँको पहलमा हेटौंडा अस्थायी राजधानी

 394 पटक हेरिएको


काठमाडौं । नेपाली काँग्रेसका मकवानपुर जिल्ला सभापति तथा पूर्व गृहमन्त्री इन्द्रबहादुर बानियाँको पहल र लविङमा प्रदेश नम्बर ३को अस्थायी राजधानी हेटौंडा कायम भएको छ ।

सरकारी टोलीले प्रदेश नम्बर ३ को राजधानी भक्तपुर बनाउँन सिफारिस गरेको भएपनि बानियाँ र उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाको विशेष पहलमा हेटौंडालाई अस्थायी राजधानी बनाइएको हो ।

हेटौंडामा पर्याप्त भौतिक पूर्वाधार भएको, मध्यमान्चलको सबै जसो क्षेत्रिय कार्यालयहरु रहेको र भौतिक पूर्वाधारका लागि पनि पर्याप्त जमिन रहेको कारण मकवानपुर पार्टी सभापति बानियाँले हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउन लामो समयदेखि पहल र लविङ गरेका थिए ।

उनलाई उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाले समेत साथ दिएपछि सरकारले बुधवार प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडालाई तोकेको छ भने प्रदेश प्रमुखमा अनुराधा कोइरालालाई नियुक्त गरेको छ ।

त्यस्तै प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर र प्रदेश प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर प्रदेश प्रमुखमा रत्नेश्वर लाल कायस्थ, प्रदेश नम्बर ३ को राजधानी हेटौंडा र प्रदेश प्रमुखमा अनुराधा कोइराला, प्रदेश नम्बर ४ को राजधानीमा पोखरा र प्रमुखमा वावुराम कँ्ुवर, प्रदेश नम्बर ५ को राजधानीमा रुपन्देही र प्रमुखमा उमाकान्त झा, प्रदेश नम्बर ६ को राजधानीमा सुर्खेत र प्रमुखमा दुर्गा खनाल, प्रदेश नम्बर ७ को राजधानीमा धनगढी र प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार