इन्धनको मूल्य पुन : बढ्यो

 164 पटक हेरिएको


काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको हो ।

निगमकाअनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २ २ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । बुधबार राति १२ बजेबाट यो नयाँ मूल्य लागू हुनेछ ।

भारतीय आयल कर्पोरेशनको नयाँ मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार