मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

 118 पटक हेरिएको


सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजना कर्मचारीको मृत्यु भएको छ । मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार बेलुकी कार्यालय समय सकेर घर फर्कने क्रममा बागचौर पातीहाल्न सडकखण्डको शारदा नदीनजिकै मोटरसाइकल दुर्घटना हुँदा डाँगीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

हिजो राति घर नपुगेपछि बिहान खोजी गर्दा डाँगीको शव फेला परेको प्रहरीले जनाएको छ । डाँगी सबार मोटरसाइकल सडकदेखि २० मिटर तल खोल्सोमा खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार