इलाम । इलामको सूर्योदय नगरपालिका ४ मा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।
राति २ बजेको समयमा सुर्योदय नगरपालिका ४ बस्ने मनकुमारी राईको भान्सा कोठाबाट अचानक सुरु भएको आगलागीबाट दुई घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
श्रीअन्तु प्रहरी र स्थानीयबासी भएर आगो विहान साढे आठ बजेमात्र पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जानाएको छ ।