यदि कतै म जवानीमा नै तिमि भन्दा पहिला विदा भए भने ………….

 315 पटक हेरिएको

‘तिमिले मलाई तिम्रो काखमा खैलाउदै गर्दा जुन
सपना देखेकी थियौ,त्यसको त्रास मलाई जति लाग्छ,
त्यति डर त मलाई मेरा शत्रुहरु सँग पनि लाग्दैन !

आखिर म डराऊ किन यो स्वार्थी सँग,
डराउन न त माया पनि हुनुपर्दछ !
खै कहिले पो प्रेम गरेको थियो र यो स्वार्थी
दुनियाले मलाई,जति प्रेम मलाई तिम्रो काखले गर्दथ्यो,
जति आनन्द म तिम्रा ओठका चुम्वनहरुमा पाउदथे,
जति खुशी म तिम्रो अनुहारको वर्णन गर्दैमा रमाउथे।

‘म यति त्रसित छु आमा, तिम्रो आँखाको सपनामा,
तिमिले मलाई गरिदिएको विश्वासमा,
यहाँ सम्म कि यो मस्त जवानीमा हुन्थिन भने मेरी प्रेमिका
म उनको अनुहार हेर्दे गर्दा तिमिलाई देख्थे होला,
मन सँग संवाद गर्थे होला,के आमा मेरी प्रेमिकाले तिम्री,
बुहारी हुँदा तिमिलाई म जतिकै माया गर्न सक्छे होला ?
के मेरी प्रेमिकाले तिम्री बुहारी हुन सुहाँउछरु
कतै तिम्रो मायाको भागवन्डा लाग्ने पो हो की’ ?

‘यी हातहरुले ललाटमा पलाएका कर्मका पसिनाहरु ओभाउदै गर्दा म तिम्रो भाग्य सम्झिएर हाँस्छु,
कर्मले मलाई जवानिको आयु बढाउदै गर्दा म तिम्रो
मैलो फरियाको बुट्टा सम्झन्छु,मैले तिम्रो काखमा
प्रहार गरेका पाउका चोटहरु सम्झन्छु,अनि आफु आफैलाई प्रश्न गर्छु,तिम्रो शहनशीलता मलाई वेचिदेऊ,
म तिमिले उव्जाएका यी हातहरुले कमाएको दौलतले
तिम्रो धैर्यता फिर्ता गर्न सकु’।

‘शरीरभरी तिम्रो रगतको शाश चलवलाउछ,
म पाईला चलाउदै तिम्रो सपनाले पछ्याए जस्तो लाग्छ,
आमा तिमिलाई दुख्दा यो शाश रोकिए जस्तो लाग्छ,
कतै म जवानिमा तिमि भन्दा अगाडी बिदा लिए भने
आमा,तिम्रो दुस्ख को आँशुले मलाई चोख्याउनु,
किनकी त्यतिखेर मेरो पार्थीव शरीर अछुत हुने छ,
किनकी म तिम्रो सपनाको संसार नदेखी विदा लिएको हुनेछु,
तिम्रो स्तनधाराको व्याज नतिरि म रिणी हुनेछु,
तिम्रो बुढेशकालको लठ्ठी नभाच्ची म भाचिँएको हुने छु’

संकेत दाहाल
ओखलढुंगा,कटुन्जे
हाल काठमाण्डौ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार