जनता बैकको बार्षिक साधारण सभा सम्पन्न

 187 पटक हेरिएको

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको आठौ वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न भयो ।

आठौं वार्षिक साधारणसभा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक बर्षको मुनाफाबाट चुक्ता पँुजीको १४ दशमलव ४ प्रतिशतले १ अर्ब ७० लाख ९१ हजार ९ सय ३५शेयरधनीलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको चुक्तापँुजी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पँुजीको मापदण्ड पुरा भएको जनाएको छ ।

गत आर्थिक बर्षमा जनता बैंक, त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड एक आपसमा गाभिएर बनेको जनता बैंक नेपाल लिमिटेडको मर्जर पछाडीको यो पहिलो वार्षिक साधारणसभा हो । साधारणसभाबाट संचालक समितिमा सस्थापकको तर्फबाट केशव बहादुर रायमाझी, लङक बहादुृर केसी, रामबहादुर भण्डारी,गौतमप्रसाद खनाल,बिनितकुमार अग्रवाल र संजिव न्यौपाने रहेको बैकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार