विवाहको सिजन सुरु भएसँगै सुनको आयात बढाउदै

 167 पटक हेरिएको

काठमाडौं । सरकारले सुन आयातका लागि दैनिक २० किलोग्रामको सीमा तोकेको छ । राष्ट्र बैंकको सिफारीस लिएर वाणिज्य बैंकहरूले सुन आयात गर्न पाउने कानूनी व्यवस्था छ । हाल मुलुकभरका २८ वटा वाणिज्य बैंकले सुन आयात गर्न पाउँछन् ।

सरकारले बढी खपत हुने सिजनका लागि सुन आयात सीमा बढाउने गृहकार्य अघि बढाएको हो । विवाहको सिजनमा माग धान्न धौधौ भएपछि सुन आयातको सीमा बढाउन ध्ययन भइरहेका वाणिज्य मन्त्रालयले जानकारी दिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मुख्य सिजनमा सुनको माग ४५ किलोसम्म पुग्छ । अन्य समयमा पनि सुनको माग २५ किलोभन्दा बढी हुने दावी महासंघकाको छ ।

मूख्य सिजनका लागि आयात कोटा बढाउन राष्ट्र बैंकबाट समेत पत्र आएको मन्त्रालयले जनाएको छ । राष्ट्र बैंकले मूख्य सिजनका लागि दैनिक पाँच किलो थप सुन आयात गर्ने विषयमा मन्त्रालयसँग राय माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार