भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर ९ मा एक जना पुरुषको शव फेला परेको छ ।ताथली सडक खण्डसँगै रहेको ब्रम्हायणी मन्दिर नजिकै भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ९ ताथलीका ५५ वर्षीय सिताराम सैंजुको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिए ।
बुधबार बिहानै मानिस लडिरहेको अवस्था भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
महानगरीय प्रहरी वृत्त जगातीबाट गएको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा सैंजु मृत अवस्थामा भेटिएका थिए ।
प्रहरीले शवको पोष्टमार्टमको लागि अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रवक्ता डिएसी प्रसाईले रातोपाटीलाई जानकारी दिए ।