ट्र्याक्टरको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

उर्लाबारी, मोरङ । सुन्दरहरैंचा–६ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट टेकबहादुर राईका तीन वर्षीय छोरा क्षितिजको आज मृत्यु भएको छ ।

बिहान घर नजिकै खेल्ने क्रममा पूर्वबाट पश्चितर्फ जाँदै गरेको को२त ६००६ नंको ट्रयाक्टरले ठक्कर दिँदा सो दुर्घटना भएको र ट्रयाक्टरलाई नियन्त्रणमा लिइए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार