पत्रकार थापाको निधन


इनरुवा । सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको आज बिहान इनरुवा–६ मधेशास्थित आफ्नै निवासमा दम रोगका कारण निधन भएको छ । एकहत्तर वर्षीय थापाले केही सातायता नियमित औषधि सेवन गरिरहेका थिए ।

निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका रुपमा कहलिएका थिए । उनले २०४७ फागुन २४ गते योद्धा पत्रकारको उपनामसहित ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ समेत हात पारेका थिए ।

विराटनगरमा स्थापित प्र्रेस क्लबका संस्थापक सदस्य थापाले ‘मातृभूमि’ साप्ताहिकबाट पत्रकारिताको थालनी गरेका थिए । थापाले ‘प्रगति’, ‘करेन्ट’लगायत विभिन्न छापामाध्यममा काम गरेका थिए ।

थापाले पत्रकारिताका कारण विभिन्न समयमा गरी ६ पटकमा तीन वर्ष नौ महिना १७ दिन कारागार भोग्नुपरेको थियो । थापाको निधनप्रति नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन सुनसरी शाखाले दुःख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार