भारतबाट के चाहान्छ इजरायल ?


इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू करिब एक हप्ताका लागि भारत भ्रमणमा पुगेका छन् । पछिल्लो १५ वर्षमा पहिलो पटक कुनै इजरायली प्रधानमन्त्रीले भारतको भ्रमण गरेका हुन् ।

इजरायल र प्यालेस्टाइनबीचको विवादलाई विश्वले नै नियालिरहेका बेला इजरायल भारतसँग किन नजिकिन खोज्दै छ त ? धेरैको ध्यान यो प्रश्नमा केन्द्रित भएको छ । सन् २०१७ को डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरूसलेमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लग्दा भारतले त्यसको विपक्षमा मतदान ग-यो ।

भारतको उक्त कदमबाट इजरायल निराश भएको थियो । त्यसैले पनि नेतान्याहूको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतीय जनता पार्टी पनि परम्परागत रूपमा इजरायलसँग नजिकको सुरक्षा सम्बन्ध बनाउन उत्साहित देखिन्छ । सन् २००० को जुन १४ मा तत्कालीन गृहमन्त्री लालकृष्ण आडवाणीले इजरायलको भ्रमण गरेका थिए ।

उनी आफूसँग सबै भारतीय सुरक्षा प्रमुखलाई लिएर गएका थिए जसलाई एउटा अभूतपूर्व कदमको रूपमा हेरिएको थियो । आडवाणी त्यहाँबाट स्वदेश फर्केपछि रूसका तत्कालीन आन्तरिक मामिलामन्त्री भारत पुगे । गत वर्षमात्रै प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको भ्रमणका क्रममा इजरायलीलाई मख्ख पारेर फर्किए ।

अर्को कुरा, प्यालेस्टेनी स्वतन्त्रता पक्षधर विरोधीहरूप्रति इजरायलले अवलम्बन गर्दै आएको जस्तै नीति भारतीय जनता पार्टीले कश्मीरमा लिएको देखिन्छ । सन् २०१७ को मे १४ मा राम माधवले जम्मु–कश्मीरमा प्रत्येक उग्रवादीलाई सिध्याउने बताएका थिए । उनको भनाई प्यालेस्टेनी स्वतन्त्रताका पक्षधरविरुद्ध इजरायलले लिएको नीतिप्रति आकर्षित थियो ।

भारत इजरायललाई धेरै चिढ्उयाउने काम पनि नगर्ने र इजरायलले भनेजस्तो सम्बन्ध प्रागाढ बनाउन प्रत्युत्पादक कदम चाल्ने पक्षमा देखिदैन । इजरायलसँग रक्षा, कृषिलगायतका क्षेत्रमा धेरै अवसर छन् । मोदीले भ्रमणका क्रममा विज्ञान, कला–संस्कृतिसहित सात क्षेत्रमा सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए । ती समझदारी कार्यान्वयनमा दुबै देश अघि बढ्ने प्रयासमा देखिन्छन् ।

भारत इजरायलसँग मिलेर हतियार आफैँ बनाएर अर्को देशलाई बेच्न चाहान्छ । इजरायलले पनि भारतसँग आफ्नो बचाउमा अन्तर्राष्ट्रिय समर्थन खोजिरहेको छ । त्योसँगै कृषि क्षेत्रमा कामदार र बजारका लागि पनि इजरायल भारसँगको सम्बन्ध अझै बलियो बनाउन चाहान्छ ।

यीनै विभिन्न कारणले नेतान्याहूको भारत भ्रमणलाई निकै अथूपूर्ण रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार