कलाकार तथा सञ्चारकर्मी पुरस्कृत


ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रालिले चलचित्र क्षेत्रको विकासमा योगदान पुरयाएका वरिष्ठ चलचित्रकर्मी, निर्देशक, कलाकार तथा सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा ‘श्याम–सुनिता मुखिया विशिष्ट चलचित्रकर्मी पुरस्कार’ बाट वरिष्ठ सिने निर्देशक लक्ष्मीनाथ शर्मा र गीतकार शान्ति प्रियलाई पुरस्कृत गरिएको छ । सो पुरस्कारको राशि रु १५ हजारसहित ताम्रपत्र रहेको छ ।

कार्यक्रममा ‘श्याम–सुनिता मुखिया युवा चलचित्रकर्मी पुरस्कार’ ‘कान्तिपुर दैनिक’का रंग पत्रकार फूलमान बललाई नगद रु ११ हजार तथा ताम्रपत्रसहित प्रदान गरियो ।

कलाकार दीपाश्री निरौला तथा निर्देशक विनोद पौडेललाई यसवर्षको ‘श्याम–सुनिता मुखिया विशिष्ट चलचित्रकर्मी सम्मान’ प्रदान गरिएको छ । कलाकार चेतन कार्कीले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्दै मुलुकमा सामाजिक समस्यालाई चित्रण गरी आर्थिक रुपान्तरणका लागि चलचित्र सशक्त माध्यम हुन सक्ने बताउनुभयो ।

कलाकार मोहन निरौला, भुवन चन्द, बसुन्धरा भुसालले स्वदेशी मौलिकतामा आधारित चलचित्र निर्माणका लागि उचित वातावरण बनाउन सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम आयोजक संस्थाका संयोजक शवनम मुखियाले कला, साहित्य तथा चलचित्र क्षेत्रको विकासमा सहयोग गर्ने संस्था तथा व्यक्तिलाई पुरस्कृत गर्ने संस्थाको नीति रहेको जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार