ट्रिपरको ठक्करबाट काभ्रेमा १ जनाको मृत्यु


काभ्रेको पनौती नगरपालीका ७ स्थित बसपार्कमा टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा ४ ख ८३१० नम्बरको टिपरले ठक्कर दिँदा बा ७७ प ३७० नम्बर स्कुटरमा सवार भक्तपुर ठिमिका आकाश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक पनौती ८ मल्पिका राजीव राउत गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले बताए ।

घाइतेको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार