कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ ।
स्थानीयवासी राजेन्द्रप्रसाद पाण्डेयको गोठमा फेला परेको दुई वर्ष उमेरको आठ फिट लामो अजिंगर अजिंगरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारीको जिम्मा लगाइएको छ ।
अजिंगरलाई आरक्षका कर्मचारीले चम्फापुर नजिकको निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेका छन् ।
सो अजिंगर संरक्षित प्रजातिको सूचीमा सूचीकृत रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताउनुभयो ।
उक्त अजिंगर पाइथनमोरोलस प्रजातिको रहेको बताइएको छ ।