शिल्पा र पृथ्वीराजको ‘बम्पर उपहार’ (भिडियो)

 179 पटक हेरिएको


छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल निर्माता रहेको चलचित्र ‘मङ्गलम’को नयाँ गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शिल्पा र पृथ्वीराज प्रसाई फिचरिंग छन् । प्रमोद खरेलको स्वरमा रहेको ‘बम्पर उपहार…’ बोलको गीतमा दीपक शर्माको संगीत र लेखु सहयात्रीको शब्द रचना रहेको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । यसअघि सार्वजनिक गरिएको ‘पर्ख पर्ख मायालु…’ बोलको गीतलाइ दर्शक श्रोताले मन पराइ सकेका छन् । नवल नेपालले निर्देशन गरेको चलचित्रमा पुष्पल खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाई लगायतका कलाकारको अभिनय रहेको छ । यसअघि फागुन ४ मा रिलिज हुने भनिएको ‘मङ्गलम’ पोस्टपोन्ड भएर फागुन २५ लाई नयाँ रिलिज मिति छनोट गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार