संखुवासभामा जीप दुघर्टना, गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु


संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा जीप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ ।

सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा ५ च १३०९ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा झरेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए ।

प्रनाउ खड्काका अनुसार यो दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । जीपमा १२ जनाभन्दा धेरै यात्रु सवार थिए । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको संखुवासभा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार