सिरहामा शीतलहरका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । अत्यधिक चिसोका कारण सिरहामा शनिबार थप एक महिलाको मृत्यु भएसँगै सो संङ्ख्या आठ पुगेको हो । पछिल्लो पटक अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर लहान नगरपालिका ६ बस्ने ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जानएको छ । यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।