जाजरकोटमा फैलिएको भाइरल एच३एन२ इन्फ्लुएन्जा भएको पुस्टि


बिगत ३ सातादेखि जाजरकोटमा प्रकोपको रुपमा फैलिएको भाइरल ‘ए’ टाइप एन्फ्लुएन्जा ‘एच३एन२’ (H3N2) भएको पुष्टि भएको छ । भाइरल ज्वरोबाट जाजरकोटमा १३ जनाको मृत्यु भइसकेको छ । भाइरलका जाजरकोटको जुनीचाँदे गाउँपालिकाका कारण १ हजार ५ भन्दा बढी स्थानीय बिरामी परेका छन् ।

बिरामीबाट संकल गरिएको नमूना परीक्षण गर्दा उक्त भाइरल ‘ए’ टाइप एन्फ्लुएन्जा ‘एच३एन२’ भएको पत्ता लागेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटले नमूना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । पाँच जना बिरामीको नमूना परीक्षण गर्दा १ जनामा ‘ए’ टाइप एन्फ्लुएन्जा ‘एच३एन२’ भाइरस फेला परेको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार