दिउँसोदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सुचारू


सुख्खा पहिरो खसेर शनिवार दिउँसोदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अपराह्नदेखि खुलेको छ । पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै सडकमाथिबाट सुख्खा पहरोसँगै खसेको ठूलो ढुंगाले राजमार्ग अवरुद्ध भएको थियो ।

डोजर प्रयोग गरेर ढुङ्गा हटाइएपछि शनिवार अपराह्न ५ बजेदेखि बाटो खुलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सुख्खा पहिरोबाट कुनै मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा पटक पटक सुख्खा पहिरोसँगै ढुंङगा खस्दा यात्रुहरु सास्ती खेप्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार