काठमाडौं । काठमाडौंको कोटेश्वर-कलंकी सडक स्तरोन्नतिको काम २०७२ वैशाख अघि नै सक्ने बताएको भए पनि नाकाबन्दी र भूकम्पका कारण आठ लेनको सडक निर्माणमा ढिलाई भएका छन् ।
आठ लेनको सडक चिनियाँ सरकारको सहयोगमा सांघाई कन्टस्ट्रक्सनले निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ। कन्स्ट्रक्सनले कोटेश्वर, ग्वार्को हुँदै कलंकीसम्म १० किलोमिटर चक्रपथ स्तरोन्नतीको काम गर्न लागेका हुन् ।
कोटेश्वरदेखि एकान्तकुनासम्मको सडक पिच गर्ने पहिलो चरणमा काम अन्तिम चरणमा पुगेका छन्।