विकास बजेटको १३ प्रतिशत मात्रै खर्च

आर्थिक वर्ष २०७४/०७५ को ६ महिना सकिनै लाग्दा विकास बजेटको १३ प्रतिशत मात्रै खर्च हुन सकेको छ।

हालै भएका निर्वाचन र स्थानीय तहमा विनियोजन गरिएका रकम खर्च हुन नसकेका कारण पुँजीगत खर्च कम भएको सरकारी अधिकारीहरूले बताएका छन्।

सरकारसँग विकास खर्च गर्ने क्षमता नभएको र यसको अनुगमन गर्ने निकाय पनि चुस्त हुन नसकेकै कारण पुँजीगत खर्च सरकारी ढुकुटीमा थिन्किएको अर्थविद्ले बताएका छन्।

चालु आर्थिक वर्षमा विकास खर्चका लागि ३ खर्ब ३५ अर्ब रूपैयाँ छुट्टयाइएको छ।

प्रभावकारी
तर आर्थिक वर्षको ६ महिनामा सकिनै लाग्दा जम्मा १३.५९ प्रतिशत मात्रै खर्च हुन सकेको छ।

आगामी दिनमा विकास खर्च प्रभावकारी रुपले बढाउनका लागि सरकारले योजना बनाएको अर्थ सचिव शंकरप्रसाद अधिकारीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार