३८ वर्षपछि सहिद घोषणा

धनकटा । पञ्चायती सत्ताले हत्या गरेका १६ जनालाई वर्तमान सरकारले सहिद घोषणा गरेपछि खोकु छिन्ताङ र आँखीसल्लावासीले न्याय पाएका छन् ।

२०३६ कात्तिक २४ देखि २९ गतेसम्म खोकु छिन्ताङ र आँखीसल्लामा पञ्चायती सत्ताबाट १६ जना मारिएका थिए । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गरेको छ।
सरकारले सहिद घोषणा गरेपछि बल्ल न्याय पाएको अनुभूति भएको भलकमान राईले बताए । उनकी आमा हाङखिमा साइँली ९श्रीमाया राई० सहिद घोषित भएकी छिन् । लामो समयदेखि रहेको यो राजनीतिक मुद्दा बल्ल आएर टुंगिएको राईले बताए।

अर्का सहिद गोपाल आनन्द राईका छोरा योगेन्द्रले राज्यको यो निर्णयबाट खुसी लागे पनि पूरा न्याय पाइयो भन्न नमिल्ने बताए । सहिदका परिवारले के राहत पाउँछन्, सहिदको जन्मथलोमा विकास निर्माणका के काम हुन्छन् र गाउँको समृद्धिमा के टेवा पुग्छ भन्ने विषय महत्त्वपूर्ण रहेको योगेन्द्रले बताए।
आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार