काठमाडौं । स्तुपाको भजन मण्डल घरमा आगोलागी भएको महानगरीय प्रहरी बृत स्वयम्भुले जनाएको छ।
आगो नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र घटनास्थलमा पुगिसकेको छ। त्यस्तै नेपाल प्रहरी, नेपाली सेना आगो नियन्त्रणको लागी घटनास्थल जादै छन्।
अहिले स्वयम्भूस्थित ज्ञानमाला भजन खलमा आगलागी भइरहेको र आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ ।