शनिको राशिमा सूर्य आउनु निकै नै शुभ मानिन्छ । यस पटक १४ जनवरीमा आइतबार सूर्य आफ्नो पुत्र शनिको मकर घरमा राति ८ बजेर ८ मिनेटमा प्रवेश गर्ने छन् । यसको पुण्य काल १५ जनवरी सोमबार १२ बजेसम्म रहनेछ । सूर्यको राशि परिवर्तनको प्रभाव यी ४ राशिहरुमा सबैभन्दा धेरै प्रभाव पर्नेछ ।
–मेष
सूर्यको राशि परिवर्तनको प्रभाव तपाइको जागिर र व्यवसायमा पर्नेछ । यसको प्रभावले तपाइलाई सफलता प्राप्त गर्न मद्दत गर्नेछ । तपाई निकै उत्साहित र ऊर्जावान महसूस गर्नु हुनेछ । कार्यक्षेत्रमा अधिकारीहरुसँग तालमेल बनाएर राख्नु होला। नत्र फेब्रुअरीमा अधिकारीहरुको रिस सहनु पर्ने हुन्छ । यस महिनामा भने तपाई कार्यक्षेत्रमा राम्रो प्रदर्शन गर्न सक्नुहुनेछ । यात्राको योग बन्नेछ ।
–कर्कट
यस महिना तपाइ आफ्नो विरोधीहरुदेखि सावधान रहनुहोला । विदेशसँग सम्बन्धित मामलामा लाभको स्थिति रहेको छ । साझेदारीको काममा फाईदा प्राप्त हुनेछ ।
–तुला
तपाइको लागि यो समय निकै फलदायी रहनेछ । जागिर तथा व्यवसायमा पहिले गरिएको प्रयास र मिहिनेतको शुभ फल प्राप्त हुनेछ । कार्यक्षेत्रमा तपाइको प्रभाव र लाभमा वृद्धि हुनेछ । सुखको साधन प्राप्त हुन सक्छ । स्वास्थ्य अनुकूल रहने छ । मिन: तपाइको लागि यो समय निकै लाभदायी रहेको छ । कार्यक्षेत्रमा लाभ एवंम् उन्नतिको मौका मिल्नेछ । अधिकारीहरुबाट सहयोग प्राप्त हुनेछ । सन्तान पक्षबाट खुशी प्राप्त हुनेछ । स्वास्थ्य अनुकूल रहने छ ।
–मिन
तपाइको लागि यो समय निकै लाभदायी रहेको छ । कार्यक्षेत्रमा लाभ एवंम् उन्नतिको मौका मिल्नेछ । अधिकारीहरुबाट सहयोग प्राप्त हुनेछ । सन्तान पक्षबाट खुशी प्राप्त हुनेछ । स्वास्थ्य अनुकूल रहने छ ।
बिगुल न्यूजबाट