माघ नलाग्दै काठमाडौं उपत्यकाको तापक्रम बढेको छ । गत आइतबारदेखि मंगलबारसम्म तीन दिन जिरो डिग्रीमा रहेको तापक्रम बुधबार ०.६ डिग्री रहेकामा बिहिबार थप सुधार हुँदै १.८ डिग्री सेल्सियस कायम भएको थियो । शुक्रबार भने २.४ डिग्री सेल्सियस रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।
उनले मुलुकभरमै विस्तारै न्यूनतम तापक्रम बढ्ने क्रममा रहेको बताइन् ।
जुम्लाको समेत न्यूनतम तापक्रम माइनस ४.६ बाट बढेर शुक्रबार माइनस १.२ रहेको छ ।
दिपायलको ४.२ रहेको छ ।
बिस्तारै पारो बढे पनि जाडो भने घटेको छैन । काठमाडौं बाहिरको तापक्रममा पनि सुधार आएको छ ।
मौसम पुर्वानुमान महाशाखाले पश्चिम, मध्यमाञ्चल र पूर्वाञ्चलमा शुक्रबार बादल लाग्ने तथा तराईमा बाक्लो हुस्सू रहने जनाएको छ ।
पश्चिम हिमाली क्षेत्रमा हल्का हिमपात समेत हुन सक्ने जनाइएको छ ।
चिसोले २ नम्बर प्रदेश बढी प्रभावित भएको छ