महेन्द्रनगरमा पहिलोपटक खाद्य मेला सुरु


कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक खाद्य मेला सुरु भएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा बिहीवारदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा खाद्य मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले परम्परागत खाद्यको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख उपेन्द्र रायले परम्परागत खाद्य वस्तुको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताए ।
मेलामा सुदूरपश्चिमको मौलिक खाद्य मकै, कोदो, फाफर, च्याउ, घोगि,माछा लगायतका खाने परिकार राखिएका छन् । मेला माघ २ गते सम्म संचालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार