इलाम । इलामको पर्यटकीय स्थल श्रीअन्तुमा रहेको अन्तु कटेजमा शुक्रबार बिहान साढे पाँचमा आगलागी भएको छ ।
सूर्योदय नगरपालिका श्रीअन्तुमा रहेको कटेजको स्टोर र बारमा आगलागी हुँदा ९ लाख बरावरको खाद्यान्न पेयपदार्थ र लत्ताकपडा जलेर नस्ट भएको सञ्चालक धरणी घिमिरेले जानकारी दिनुभयो । आगलागीबाट एउटा भवन पूर्ण नष्ट भएको र कटेजमा भएको कुकुरको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागी कसरी भयो भनेर खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । कटेजको एउटा भनवन जलेर नष्ट भएको भए पनि केटेज आफ्नो सेवासुविधा भने सुचारु गरिहने सञ्जालक रुद्र घिमिरेले जानकारी दिनुभयो ।