तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ फराकचौरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर मृत्यु हुनेमा व्यास–११ निवासी वर्ष ३५ का शंकर जिसी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिसि गाई फ्रम नजिकै रहेको ट्रान्समिटर जडान भएको पोलमा चड्ने क्रममा अचानक करेन्ट लाग्दा जिसिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरीले मुचुल्का गरी शव लाई दमौली अस्पताल ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।