रुपन्देही । रुपन्देहीमा बाघको आक्रमणमा परेर तीन जना घाइते भएका छन । बिहीबार देबदह ११ रेरामा बाघको आक्रमणबाट स्थानीय गंगाबहादुर नेपाली , बद्रि मुसलवान , संजय मगर घाइते हुनुभएको हो ।
गाउँमा एक्कासी बाघ आएपछि धपाउने क्रममा उनीहरुमाथी बाघले आक्रमण गरेको हो । घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।