संविधानसभाको डकुमेन्ट्री बन्दै

काठमाडौँ । संघीय संसद् सचिवालयले पहिलो संविधानसभा र दोस्रो संविधानसभाको गतिविधिलाई समेटेर डकुमेन्ट्री बनाउने भएको छ ।

पहिलो र दोस्रो संविधानसभाको करिब ३०-३० मिनेटको डकुमेन्ट्री निर्माण गर्ने सचिवालयको तयारी छ ।

यसको बजेटलगायत अन्य प्रक्रियाबारे आफूहरू छलफलकै क्रममा रहेको सचिवालय प्रवक्ता डा. भरतराज गौतमले बताए ।
आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार