पोखराका ट्याक्सी ब्यावसायीहरुको दादागिरी, मिटरमा चलाउन मानेनन्


पोखरमा मिटरमा नचल्ने तथा मनपरी भाडा लिने ट्याक्सीहरुलाई प्रहरीले कारबाही सुरु गरे पछि यातायात व्यावसायी आन्दोलित बनेका छन् ।

मंगलबार कास्की प्रहरीले विभिन्न स्थानबाट मिटरमा नचल्ने र मनपरी भाडा लिने १६ जना ट्याक्सी चालकलाई पक्राउ गरको थियो । त्यसको विरोधमा बुधबार ट्याक्सी चालकहरुले विच सडकमा ट्याक्सी तेस्र्याएर अवरोध गर्न खोज्दा प्रहरीले हटाएको थियो ।

ट्याक्सी चालकहरुको ज्यादतीका विरुद्व प्रहरीले कडा कदम चाले पछि व्यवसायीहरुले बिहिबार गण्डकी अञ्चलभरका सार्वजनिक यातायात ठप्प पारेर ट्याक्सी चालकको आन्दोलनलाई समर्थन गरेका छन् ।पोखरामा ट्याक्सीले मिटरमा चल्न नमान्दा सर्वसाधरण उपभोक्ता ठगिदै आएका छन् । व्यवसायीले चालकहरुको रिहाइको माग गरेका छन् ।

प्रहरीले उनीहरुलाई यातयात व्यवस्था कार्यलयमा बुझाएको जनाएको छ । पोखरामा ४ हजार भन्दा बढी ट्याक्सी संचालित छन् ।
ती मध्ये ९० प्रतिशतमा मिटर जडान गरिएका छन् । तर पनि कुनै पनि ट्याक्सी मिटरमा गुड्न मान्दैनन र आफूखुशी भाडा लिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार