रत्ननगर महोत्सवका मुख्य आकर्षणमा ‘नमुना धरहरा’


काठमाडौं । बिहीबारदेखि रत्ननगर महोत्सव सुरु भएको छ। महोत्सवको नवौं संस्करणको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे।उद्घाटनपछि बोल्दै उपराष्ट्रपति पुनले नयाँ संविधान बनेर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि राजनीतिक संक्रमणकाल अन्त्य भई देश अब आर्थिक समृद्धिको युगमा प्रवेश गरेको बताए।

‘देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छु, उनले भने, ुलगानीमैत्री वातावरण र राजनीतिक स्थिरताविना समृद्धि सम्भव नभएकाले अब त्यसतर्फ ध्यान दिनु जरुरी छ।ु

यस्तै, महोत्सव उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले स्थानीयस्तरको प्रवर्द्धन गर्दै आर्थिक विकास गर्न महोत्सव गरिँदै आएको बताए।

रत्ननगर महोत्सवमा यस पटक भूकम्पबाट भत्किएको काठमाडौंको धरहराकै झल्को दिनेगरी बनाइएको नमुना धरहरा मुख्य आकर्षणको रुपमा रहेको छ।

धरहरा चढेर दृश्यावलोकन गर्न सकिनेगरी बाँसबाट निर्माण गरिएको आयोजकले जनाएका छन्।

महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५० करोड बराबरको कारोबार हुने आकलन गरिएको छ। माघ ५ गतेसम्म चल्ने महोत्सवमा ४ सय ५० स्टल राखिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार