कांग्रेसका नेता शशीकुमार माझीको निधन


काठमाडौं । नेपाली कांग्रेसका नेता सप्तरीको राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको निधन भएको छ ।

कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका ५८ वर्षीय माझीको भारतको दरभङ्गास्थित पारस अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो ।

उहाँ केही समय यता मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । माझी २०३९ सालमा महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघबाट सभापति पदमा निर्वाचित हुनुभएको थियो ।

कांग्रेसमा उहाँ निष्ठावान नेताको रुपमा चिनिनुहुन्थ्यो । जिल्ला खेलकुद विकास समिति सप्तरीको अध्यक्ष समेत भैसकेका माझीलाई कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ ।

शव यात्रामा जिल्लाका उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तासहित पार्टीका जिल्ला सभापति दिनेश यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपमेयर साधना झा, पुर्व मेयरद्वय गोविन्द सिंह, जगरनाथ दास, राजपाका अध्यक्ष सुनिल झा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश यादव, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाका साथै राजनीतिक दलका स्थानीय नेतृत्व र सर्वसाधारणको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार