ब्यापार घाटा बढेकोमा उपराष्ट्रपति पुनको चिन्ता


उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले निर्यातमुखी अर्थतन्त्रलाई जोड दिनुपर्ने बताउनु भएको छ । उहाँले निर्यातको तुलनामा आयात बढि भएको कारण हरेक बर्ष ब्यापार घाटा बढ्दै गएको भन्दै यस्तो धारणा राख्नु भएको हो ।

बिहीबार चेम्बर दिवस २०७४ तथा नेपाल चेम्बर अफ कमर्शको ६७ औं साधारण सभामा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा हरेक बर्ष ब्यापार घाटा बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभएको हो ।

आयातमुखी अर्थतन्त्र बढेर गएकोले उद्योगी ब्यवसायीहरु चनाखो हुनुपर्ने भन्दै उपराष्ट्रपति पुनले निर्यातको मात्रामा बृद्धि गर्नुपर्नेमा जोड दिनभएको हो ।

चालु आर्थिक बर्षको तीन महिनामा १८ प्रतिशत ब्यापार घाटा भएकोले यसलाई घटाउनको लागि निर्यात बढाउन उपराष्ट्रपति पुनले उद्योगी ब्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले नेपालमा उद्योग, कलकारखानाको स्थापनादेखि गुणस्तरीय सामानको उत्पादनमा जोड दिनुभयो । सरकार र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने भन्दै उपराष्ट्रपति पुनले नेपालमा उत्पादित सामग्रीलाई निर्यात गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषि, जलविद्युत र पर्यटन नेपालको संभावना भएको भन्दै यसैबाट मुलुकलाई सम्बृद्ध बनाउन सकिनेमा जोड दिनुभयो ।

अध्यक्ष श्रेष्ठले नेपालको उद्योग धन्दामा बैदेशिक लगानी आवश्यक रहेकोले सरकारले लगानीमैत्री वातावरणको ब्यवस्था गर्नुपर्ने बताउनुभयो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शले विभिन्न विधाका ब्यक्तिहरुलाई सम्मान पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार