चिसोका कारण कपिलवस्तुमा थप एकको मृत्यू


कपिलवस्तु । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण कपिलवस्तुमा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ ।

अत्यधिक चिसोका कारण कठ्यांग्रिएर गएराति कपिलवस्तु नगरपालिका–६ सौरहवा निवासी ६५ वर्षीय बृज मोहन थारुको कठ्यांग्रिएर मृत्यू भएको हो । आप्mनै घरमा साँझको खाना खाएर सुतेका थारुको कठ्यांग्रिएर ज्यान गएको वडा प्रहरी कार्यालय तौलिहवाका प्रहरी नायब निरिक्षक सन्त पछाईले जानकारी दिए ।

यससँगै कपिलवस्तुमा चिसोका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । पुष २ गते कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटमा परिचय नखुलेको पुरुष एक जना र पुस ४ गते मंगलवार कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगञ्जमा परिचय नखुलेको महिला र माघ २१ कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा बजार नजिक मानसीक सन्तुलन गुमेको अन्दाजी ३९ वर्षिय पुरुषको पनि चिसोका कारण कठयांग्रिएर मृत्यु भएको थियो ।

अत्यधिक जाडोका कारण कपिलवस्तुको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । त्यस्तै अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियालगायतका बिरामी बढेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार