रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा नुमान्सियासँग २ – २ गोलको बराबरी खेलेपनि रियल मड्रिड समग्रमा अघि रहदै क्वाटरफाइनलमा पुगेको हो ।

रियल मड्रिडको घरेलु मैदानमा भएको दोस्रो लेगमा १० खेलाडीमा सिमित नुमान्सियाले दुई पटकको अग्रता उल्टाएर बराबरी खेलेको हो । तर, पहिलो लेगमा ३ – ० को जित निकालेको कारण रियल मड्रिड समग्रमा ५ – २ को जित्साहित क्वाटरफाइनलमा पुग्न सफल भयो । दोस्रो रोजाइका खेलाडीसहित मैदान उत्रेको रियल मड्रिडका लागि दुवै गोल लुकास लुकास भाजक्वेजले गरे । त्यस्तै नुमान्सियाका लागि दुवै गोल गुइलेर्मोले गरेका थिए ।

पहिलो हाफको ११ औं मिनेटमा लुकासले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा नुमान्सियाका गुइलेर्मोले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । खेलको ५९ औं मिनेटमा लुकासले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २ – १ को अग्रता दिलाए । तर, खेलको ८२ औं मिनेटमा नुमान्सियाका गुइलेर्मोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो । खेलको ९० औं मिनेटमा ड्यानी काल्भोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा केहि मिनेट नुमान्सिया १० खेलाडीमा समेटिएको थियो ।

स्पेनिस कोपा डेल रे अन्तर्गत जित निकाल्दै भ्यालेन्सिया, अलाभेस, लेगानेस र एथ्लेटिको मड्रिड पनि क्वाटरफाइनलमा पुगिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार