चितुवाको छालासहित पक्राउ


मकवानपुर । मकवानपुरको थाहा नगरपालिका ८ बस्ने सन्जिब थापालाई एक थान हिउँ चितुवाको छाला सहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी मकवानपुरले आज साझ पत्रकार सम्मेलन मार्फत थापालाई सार्बजनिक गरेको हो ।

मकवानपुरको ओखरबाजार मा १४ लाखमा बिक्रि गरिन लागेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङले प्लास्टिकको बोरा भित्र ६ फिट लम्बाई साढे १ फिट चौडाइ भएको हिउँ चितुवाको छाला सहित आज बिहान करिब १० बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई कार्बाहिको लागि जिल्ला बन कार्यालय मकवानपुर पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बिकास राज खनालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार