क्यान्सर पीडित राईलाई मलेसियाबाट सहयोग


पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–३, माङ्लेबुङका क्यान्सर पीडित एक व्यक्तिलाई प्रवासी समाज, मलेसियाले आर्थिक सहयोग गरेको छ ।

फालेलुङ–३ बस्ने क्यान्सर रोगबाट पीडित कालुराम राईलाई प्रवासी समाज मलेसियाले एक लाख १२ हजार ६२१ सहयोग प्रदान गरेको हो ।
राईलाई समाजका अध्यक्ष राजेन्द्र चोङबाङ साँवासहितको टोलीले सहयोग रकम हस्तान्तरण गरेको थियो ।

विपन्न परिवारका राईको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो सहयोग हस्तान्तरण गरिएको अध्यक्ष साँवाले बताए ।

फालेलुङ गाउँपालिका–३, का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार