अदालतको फैसला पछि डा. केसीको प्रतिक्रिया यस्तो आयो


काठमाडौं । साधरण तारेखमा छुटेका डा गोविन्द केसीले अनसनलाई निरन्तरता दिने बताएका छन्। सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीले राजिनामा नदिएसम्म आफुले अनसन जारी राख्ने उनले बताएका हुन् ।

डा केसीका सहयोगी अभिषेकराज सिंहका अनुसार केसीले शिक्षण अस्पतालमै अनसनलाई निरन्तता दिनेछन् । प्रधानन्याधीश पराजुलीको नेतृत्वमा भएका फैसलाले मेडिकल क्षेत्रमा विकृती ल्याएको भन्दै उनले राजिनाको माग राख्दै सोमबारदेखि अनशन बस्दै आएका थिए । अदालतको अपहेलना मुद्दा खेपिरहेका केसी अदालतबाट छुटेलगत्तै डा केसी शिक्षण अस्पताल पुगेका छन्।

सर्वोच्च अदालतले तारेखमा छाड्ने आदेश दिएपछि उनी छुटेका छन् । उनको मुद्दाको पेशी फागुन ८ गतेका लागि तोकिएको छ।

बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मेवारीमा डा केसी छुटेका छन्। बरिष्ठ अधिवक्ता भण्डारीले डा।केसीको पक्षमा बहस गरेका थिए।

थुनछेक बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले तारेखमा छाड्ने आदेश दिएको हो।

चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डिन नियुक्तिसम्बन्धि अदालतको फैसलाविरुद्ध अभिव्यक्ति दिएको भन्दै डा।केसीलाई अदालतको आदेशमा सोमबार प्रहरीले शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो। मंगलबार उनको अदालतमा बयान भएकोमा बुधबार दुवै पक्षका अधिवक्ताहरुले बहस गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार