धोबिखोलामा दुई अर्ब सकियो


काठमाडौं । सरकारले धोबिखोला करिडोर सुधार आयोजनाका लागि हालसम्म दुई अर्ब १७ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ।

काठमाडौंको सवारी आवागमन सहज बनाउने उद्देश्यले धोबिखोला करिडोर निर्माण सुरु गरिएको हो। सरकारले आर्थिक वर्ष २०६७–६८ बाट बागमती दोभानदेखि कपन राम मन्दिरसम्मको २४ किमि दूरीलाई धोबिखोला करिडोरका नाममा सुधार सुरु गरेको हो।

सहरी विकास मन्त्रालय अन्तर्गतको यो आयोजनाले काठमाडौंका सवारी चापलाई ४० प्रतिशत कम गर्न सक्ने अनुमानका आधारमा आयोजनामा बर्सेनि रकम खर्चँदै आएको धोबिखोला करिडोर सुधार आयोजनाका इन्जिनियर सज्जनकुमार कुँवरले जानकारी दिए। यो आयोजना वातावरणीय सुधार, खोला सफाइ, सडक छेउका स्थानीयको सुविधासहितको उद्देश्यले सुरु गरिएको हो।

आयोजनालाई जापान सहयोग नियोग ९जाइका०ले सन् १९९३ मा गरेको एक अध्ययनअनुसार नै बढ्दो सहरीे चापलाई घटाउने उद्देश्यसहितको प्रतिवेदन दिएको थियो। सोही प्रवितेदनअनुसार सरकारले २०५९ देखि नै यो आयोजना सञ्चालन सुरु गरेको भए पनि वार्षिक बजेट विनियोजनको काम भने २०६७ बाट मात्रै भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार