चिसोमा आफ्नो शरीरलाई न्यानो राख्ने यस्ता छन् घरेलु औषधी

काठमाडौं । डो मौसममा कयौँ किसिमका रोगहरूको आशंका बढ्छ । यस्तो अवस्थामा खानपानमा केही चीज समावेश गरेर आफ्नो शरीरको तापमानलाई सन्तुलित राख्न सकिन्छ । यसले कयौँ रोगहरूबाट छुटकारा दिलाउँछ ।

घरमै पाईने केही सजिला उपाय छन्, जसले चिसोबाट बचाउन मद्दत गर्न सक्छ । दालचीनी, इलायची, रातो खुर्सानी जस्ता मसला प्रयोग गरि रुघाकोखी जस्ता रोगहरूबाट छुटकारा मिल्नुको साथै शरीरको तापमानलाई बढाउन सकिन्छ । यी घरेलू औषधिले शरीरमा रक्त प्रवाहलाई दुरुस्त राख्छ, जसले तपाईलाई अत्यधिक चिसोमा पनि तातो राख्छ ।

रातो खुर्सानी:

खोकी र कफको समस्यालाई कम गर्नका लागि रातो खुर्सानी मद्द्तगार हुन्छ । यसमा क्याप्साइसिन नामक तत्व पाईन्छ, जसले शरीरको मेटाबोलिक रेट सन्तुलित राख्छ । साथै यसले शरीरको भित्री तापमान पनि बढाउन मद्दत गर्छ ।

कालो मरिच:

कालो मरिच एन्टी अक्सीडेन्ट र एन्टी सेप्टिक गुणले भरिपूर्ण हुन्छ । जाडोमा सूप वा चिया आदि तातो चीजको साथमा यसको सेवनले रुघाखोकीको जस्ता समस्याबाट जोगाउँछ ।

अदुवा:

अदुवाको सेवनले शरीरमा रक्त प्रवाह दुरुस्त राख्छ । यसले शरीरमा गर्मी बढाउँछ । अदुवाको पानीको प्रयोग गरि रुघाखोकी जस्ता समस्याबाट पनि बँच्न सकिन्छ । यसको लागि अदुवालाई पानीमा उमाल्नुहोस् र यस पानीलाई नुहाउने पानीमा मिलाएर नुहाउनुहोस् ।

दालचीनी:

दालचीनीको सेवनले शरीरको अतिरिक्त चिस्यानलाई सोस्छ तथा शरीरलाई तातो राख्न मद्दत गर्छ । यसको साथै यसमा एन्टी(सेप्टिक गुण पनि हुन्छ । यसले पाचन प्रक्रियालाई सन्तुलित राख्छ ।

इलायची:

इलायाचीको सेवनले पनि शरीरलाई तातो राख्न मद्दत गर्छ । यसलाई माउथ फ्रेशनरको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसले श्वसन प्रणालीलाई दुरुस्त राख्न सहयोगी हुन्छ । जाडोमा प्रायजसो चिसोको कारणले टाउको दुख्ने समस्या उत्पन्न हुन्छ । यस दुखाईबाट आराम दिलाउन इलायचीको सेवन मद्दतगार सावित हुन्छ ।

र यो पनि स् पिसाव पोल्ने समस्या समाधानका ७ घरेलु उपाय यस्ता छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार