बन्चरो प्रहार गरी आफ्नै सौताको हत्या


सल्यान । सल्यानको दार्मा गाउँपालिका –३, फारुलाचौरकी ३२ वर्षीया रुपा खत्रीलाई उनकी सौताले बन्चरो प्रहार गरी हत्या गरेकी छन् । २६ वर्षीया कल्पना चन्दले बुधबार बिहान भएको सामान्य झगडाको विषयलाई लिएर जेठी सौताको हत्या गरेकी हुन ।

हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको प्रहरीले जनाएको छ । मंगलबार राति १० बजे भएको झगडापछि बिहान १ बजेतिर कल्पना चन्दले बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

चन्दकोे खोजी भैरहेको र थप अनुसन्धान भैरहेकोे प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो । मृतक खत्रीलाइ जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टमका लागि ल्याइएकोे उहाँले जानकारी दिनुभयो । मृतक खत्रीका ३ छोरी र १ छोरा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार