झापामा महिला नेतृको निधन


बनियानी । झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेतृ कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ ।

आज बिहान निजी निवास भद्रपुर–८ मा ८८ वर्षको उमेरमा उनको निधन भएको हो । स्व.बुढाथोकीले बहुदल आएपछि झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीय पत्रकार गोपाल गिरीले जानकारी दिए ।

“झापाली महिलामा जागरण ल्याउन उहाँको महत्वपूर्ण भूमिका रहेको छ”, गिरीले भने, “उहाँ कुनै पनि पार्टीमा आबद्ध हुनुहुन्नथियो ।” कुन्तीदेवीका पिता रणकेशर बुडाथोकी प्रजातान्त्रिक आन्दोलनका सेनानी थिइन् । रणकेशर नेपाली काँग्रेसमा आबद्ध रहेका थिए । कुन्तीदेवीका तीन छोरी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार