राष्ट्रियसभा निर्वाचनका लागि राजनीतिक दलहरुद्वारा दल दर्ता

काठमाण्डौ । आगामी राष्ट्रियसभा निर्वाचनका राजनीतिक दलहरुले दल दर्ता गरेका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार दश वटा दलले दर्ता गरेका हुन् ।

बाम गठबन्धन र मधेस केन्द्रित दल बाहेक अन्य दलले मंगलबार साँझसम्म दल दर्ता गरेका हुन् । नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रवादी), विवेकशील साझा पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दल दर्ता गरेका छन् ।

आयोगले पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको हो । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार